काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना ३ जनाको मृत्यु, २५ घाइते

ताजा खबर

सिन्धुपाल्चोकवाट काठमाडौं आउँदै गरेको बस काठमाडौँको शंखरापुर नगरपालिका ४ लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । मेलम्चीवाट आउदै गरेको बा ५ ख ५०७० नम्बरको यात्रुबहाक बस लप्सेफेदीको जंगलमा आज दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि काठमाडौंका अस्पतालमा ल्याइएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ओरालोमा चिप्लेर बस दुर्घटना भएको बताइएको छ । प्रहरीले भने दुर्घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

Techie