वर्तमान सरकार पूर्ण रुपमा असफल : बिमलेन्द्र निधि

चितवन: नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधीले दुई वर्ष अवधिमा सरकारसंग देखाउन लायक कुनै सफलता नभएको बताए । उनले प्रधानमन्त्री केपीले देखाउन लायक काम नभएपछि दुई वर्षसम्म सरकार कायम रहनुलाई नै सरकारको ठूलो उपलब्धीका रुपमा ब्याख्या गरेको बताए ।

उपसभापति निधीले कांग्रेसको वर्तमान सरकार ढाल्ने कुनै योजनामा नरहेको स्पष्ट पारे । निधीले एमसीसी विधेयक संसदबाट पारीत गर्नैपर्ने स्पष्ट धारणा पनि राखे ।

तपाईको प्रतिक्रिया

Techie