झापाका एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको आशंका

काठमाडौं : झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो ।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भाइरस संक्रमण भएको आशंका चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।” रासस

तपाईको प्रतिक्रिया

Techie