गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते, ४ जनाको अवस्था गम्भीर

गोरखा : गोरखा सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेको छ । सौरपानी क्षेत्रबाट गोरखा बजार तर्फ आउँदै गरेको बा. १५ च १०१६ नम्बरको जीप बारपाक सुलिकोट गाउँपालिका–४ को केउरा भन्ने स्थानको कच्ची सडकमा दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा जीपमा सवार आठ जना घाइते भएका छन् । घटनामा परी बारपाक सुलिकोट गाउँपालिका कि बिमला गुरुङ, बुद्धबहादुर गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ, सनिता गुरुङ, सुकमाया गुरुङ, राजकुमारी गुरुङ घाइते भएका हुन् ।

चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई माउन्टेन एयरको हेलिकप्टरबाट उद्दार गर्न लागिएको छ । जीप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Techie