ट्राफिक प्रहरीद्वारा असल ट्याक्सी चालकहरुलाई सम्मान

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ । महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई आज एक कार्यक्रम गरी सम्मान गरेको हो ।

यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बझाउन ल्याउने २१ जना चालकलाई सम्मान हो । छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफुहरुलाई अझ बढी जिम्मेवार बनाएको चालकहरुले बताएका छन् ।

चालु आर्थिक बर्षको फागुन १६ गतेसम्म ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको संख्या ३ सय ९५ जना रहेकोछ । ती मध्ये २ सय ८० जनाको १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie