पाकिस्तानी दूतावासद्वारा पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : पाकिस्तान दूतावासले नेपालका विभिन्न माध्यमिक र उच्च माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई एनआरएस छात्रवृत्ति प्रदान गरेको छ । दुताावासले एक कार्यक्रमको आयोजना गरी पाँच सय विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । दुतावासद्वारा राजधानीमा आयोजित आठौं वार्षिक छात्रवृत्ति कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेका हुन् ।

कार्यकक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सरकारले शिक्षाको क्षेत्रमा धेरै लगानी गरेपनि सरकारी विद्यालयहरुले त्यस अनुरुपको नतिजा हासिल गर्न नसकेको गुनासो गरे । उनले नेपालको शिक्षा प्रणालीमा अझै गुणस्तरको अभाव रहेको भन्दै शिक्षकहरुलाई त्यसलाई सुधार गर्दै लैजानका लागी सुझाव समेत दिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पाकिस्तान दुतावासको छात्रवृति कार्यक्रमले दुई देशका नागरिकबीचको संबन्धलाई थप सुदृढ बनाएको समेत बताए । कार्यक्रममा नेपालका लागि पाकिस्तान राजदुत मजहर जावेदले छात्रवृति कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने बताए ।

कार्यक्रममा पर्वत जिल्लास्थित पशुपति विद्यालयका छात्र समिर केसीलाई वर्ष २०२० का लागि सर्वोत्कृष्ट छात्रको उपाधि प्रदान गरिएको थियो । पाकिस्तान दूतावासले विगत आठ वर्षदेखी नेपालका गरिब एवंम जेहेन्दार विद्यार्थीलाई छात्रावृति वितरण गर्दै आएको छ । सन् २०१२ मा ५० जनालाई छात्रवृति दिदै सुरु गरेको पाकिस्तान दूतावासले वर्षेणी विद्यार्थी सङ्ख्यालाई बढाउदै लगेको छ ।

तपाईको प्रतिक्रिया

Techie