आज दिनभर पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान अनुसार काठमाडौं उपत्यकामा त बिहीबार रातभर वर्षा भएको छ । अहिलेसम्म वर्षा जारी नै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ । महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया

Techie