सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने

काठमाडौ सरकारले भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको जानकारी दिए । भारतसँगको सीमा विवाद दुई पक्षीय वार्ताबाट समाधानको प्रयास गरिने उनको भनाइ छ ।
आजको मन्त्रिपरिषद् बैठकले संविधानको अनुसूची ३ लाई परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie