नयाँ नक्सा निशान छापमा समावेश गरिने

काठमाडौ । सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ । शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूचि ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

Techie