लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक

काठमाडौ । सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । अतिक्रमित ३ सय ३५ वर्गकिलोमिटर थप गरी १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भुभाग सहितको नयाँ नक्सा आज सार्वजनिक गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेलन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेकी हुन ।
सो क्रममा मन्त्री अर्यालले नेपालको मानचित्र मात्र बदलिएको नभई विश्व मानचित्रमा पनि नेपालको नक्शा बदलिएको बताइन । सीमा विवाद समाधान गर्न भारतसँग कुटनीतिक पहल गरिने उल्लेख गर्दै उनले नक्सालाई भारतले समेत स्वीकार्ने विश्वास ब्यक्त गरिन ।
कालीनदी र सो भन्दा पूर्वको भाग नेपाल भएको भएपछि यसअघिको नक्सामा सो भूभाग नसमेटिएकाले नयाँ नक्सामा नेपालको सवै भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको हो । देशभर नयाँ प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले जानकारी दिएको छ । सार्वजनिक गरिएको राजनीति तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जेठमा संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२ जेष्ठ २०७७, शुक्रबार ०८:२३ २ जेष्ठ २०७७, शुक्रबार ०८:२३

काठमाडौं : नेपालमा…

१७ जेष्ठ २०७७, शनिबार २१:१५ १७ जेष्ठ २०७७, शनिबार २१:१५

काठमाडौं कोरोना…

१४ जेष्ठ २०७७, बुधबार ०८:२० १४ जेष्ठ २०७७, बुधबार ०८:२०

काठमाडौं : नेपालको…

Techie