लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले मुर्गा बनाउँदै उठबस गरायो, लाठी हान्नेलाई कारवाही

काठमाडौं : लकडाउन कार्यान्वयनका क्रममा अनावश्यक बल प्रयोग गर्ने प्रहरीमाथि कारवाही हुने भएको छ । इलाका प्रहरी इटहरी प्रहरी कार्यालयबाट खटिएका दुई हवल्दारले विना काम बाहिर निस्केको भन्दै साइकल चालकलाई चार पटकसम्म लाठी हानेर फिर्ता पठाइपछि उनीमाथि उनीहरुमाथि कारवाही हुने भएको हो ।

लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । सामाजिक सञ्जालमा भने सो भिडियो भाइरल भएको छ ।

कतिपयले यसको तारिफ गरेका छन भने केहीले प्रहरीको ब्यवहारप्रति गाली गरेका छन् । भैरहवामा पनि लकडाउन कार्यान्वयन नगर्ने १२ जनालाई प्रहरीले मुर्गा बनाएको छ । दाङमा एक जनालाई प्रहरीले लक डाउनको अवज्ञा गर्नेलाई उठबस गर्न लगाएको छ ।

सुर्खेतमा प्रहरीले केही व्यक्तिलाई १० मिनेटसम्म बीच सडकमा बस्न लगाएको छ । भक्तपुरमा सशस्त्र प्रहरीले बीच सडकमा तीन जनालाई घोप्टो पारेर लाठी हानेको छ । मुर्गा बनाउने, उठबस गराउने निती नभएको भन्दै प्रहरीले त्यसको समिक्षा गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

Techie