बागमती प्रदेश सरकारद्वारा कोरोना भाइरस उपचार कोष स्थापना

काठमाडौं : बागमती प्रदेश सरकारले कोरोना भाइरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिए ।

कोषमा रकम जम्मा गर्न सरकारले सर्बसधारणलाई समेत आव्हान गरेको छ । कोषमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie