भारतबाट नेपाल फर्किएकालाई प्रवेशमा रोक लगाएपछि गौरीफन्टा नाकामा तनाव

काठमाडौं : कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमा नाकाबाट प्रवेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो ।

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै नाराबाजी गरेका छन् । तनाव बढेपछि प्रशासनको अनुमतिमा उनीहरुलाई प्रवेश दिइएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो ।

सोहीअनुसार संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सीमाबाट कसैलाई पनि प्रवेश दिइएको छैन । तर ढिला गरी गौरीफन्टा नाका हुँदै उनीहरु नेपाल फर्किएपछि प्रहरीले प्रवेशमा रोक लगाएको हो ।

तपाईको प्रतिक्रिया

Techie