चीनको हुवेइ प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ

चीनः कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुवेइ प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ । सो प्रान्तका मानिसहरूलाई आपतकालीन अवस्थामा मात्रै घर बाहिर निस्कन दिने ब्यवस्था गरिएको छ । औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवा बाहेकका सबै कारोबार बन्द गर्न भनिएको छ । खाद्यान्न तथा अन्य सामान खरिद गर्न प्रत्येक घरबाट एक जनालाई तीन दिनमा बाहिर निस्कन अनुमति दिइएको छ । चीनले कोरोनाको संक्रमण नियन्त्रण उन्मुख भएको दाबी गरेको छ । चीनका विदेशमन्त्री वाङ्ग यी ले नयाँ संक्रमणको दर घटिरहेको र कोरोनाको महामारी नियन्त्रण योग्य भएको दाबी गरेका हुन । कोरोना भाइरसका कारण आइतबारसम्म चीनमा एक हजार ७ सय ७० जनाको मृत्यु भएको छ । चीनबाहिर चार जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ७० हजार ४ सय ३३ पुगेको छ । चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक÷एक जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie