कोरोना भाइरसबाट बच्न मास्क लगाउनु पर्दैन

एजेन्सी : कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाउन जरुरी नभएको बताइएको छ । आफ्नै समुदाय अथवा घर वरिपरी नै कोरोना भाइरस संक्रमित रहेपनि एक स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने चिकित्सक बताउँछन् ।

मेडिसिन एण्ड इपीडेमोलोधीकी प्रोफेसर एवं संक्रमण रोकथाम विशेषज्ञ डा. ईली पेरेस्विचलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम forbes.com ले कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाउन जरुरी नभएको र स्वस्थ व्यक्तिले मास्क लगाउँदा लगाउने तरिका नमिलेर झनै संक्रमण फैलन सक्ने खतरा हुने जनाएको छ ।

डा. पेरेस्वीचले भनेकी छिन्, “एक स्वस्थ व्यक्तिले कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाउन जरुरी छैन, मास्क लगाउँदैमा कोरोना भाइरसबाट बचिन्छ भन्ने केही प्रमाण छैन, मास्कलाई गलत गरिकाले लगाउँदा झनै संक्रमण फैलन सक्छ, किनकी मास्क लगाउने व्यक्तिले आफ्नो अनुहार बारम्बार छुने गर्छन् ।”

तपाईको प्रतिक्रिया

Techie