भियाग्रा प्रयोग गर्नुहुन्छ ? गर्छ यस्तो सम्मको असर

काठमाडौं : पछिल्लो समय युवाहरु यौनसम्पर्क गर्नुपूर्व भियाग्राको प्रयोग गर्ने गर्छन् । आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौन आनन्द लिन सहयोग पुर्‍याउने भन्दै अहिलेका युवापुस्ताहरुले डाक्टरको सल्लाह विना नै भियाग्राको अधिक प्रयोग गर्ने गरेका छन् । तर, भियाग्राले आफ्नो स्वास्थ्यमा कति असर गर्छ भन्नेबारे उनीहरु अनविज्ञ हुन्छन् ।

भियाग्राको प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउने विज्ञहरुको भनाइ छ । भियाग्राको अधिक प्रयोगले मानिसमा अन्धोपनको समस्या आउने अनुसन्धानले समेत देखाएको छ । भियाग्राको प्रयोग सुरुमा हल्का डोजको गरिएपनि विस्तारै यसको मात्रा बढ्दै जाने भएका गर्छ । जसका कारण यसले मानिसको आँखामा प्रत्यक्ष असर पर्ने अनुसन्धानमा पत्ता लागेको छ ।

रिपोर्टका अनुसार भियाग्राको कारणले आखाँमा समस्या आउने, रङहरु छुट्याउन नसक्ने र कुनै कुनै पुरुषहरुमा अन्धोपनासमेत गराउने गर्छ । चिकित्सकको सल्लाह विना ‘सेक्स एन्ग्जाइजी’ र ‘इरेक्टाइल डिसफन्क्शन’ को समाधानको लागि भियाग्रा प्रयोग गर्ने मानिसहरुमा यस्तो समस्या देखापर्ने गरेको बताइएको छ ।

भियाग्रा सन् १९९८ मा पहिलोपटक बजारमा उपलब्ध भएको थियो । भियाग्राले डाइलेक्ट रक्तनलीहरुका मामंपेशीहरु बलियो बनाउने काम गर्छ भने यो औषधिको असर शरीरमा ३ देखि ५ घण्टासम्म रहन्छ । तसर्थ, भियाग्रा प्रयोग गर्नु अघि अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्ने विज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Techie