सन्दीप लामिछाने एशिया ११ को टिममा, विश्व ११ विरुद्धको टी २० सिरिज खेल्ने

काठमाडौं : नेपाली खेलाडी सन्दीप लामिछाने एशिया ११ को टिममा परेका छन् । विश्व ११ विरुद्धको टी २० सिरिजका लागि बनाइएको एशिया ११ को टिममा नेपाली खेलाडी सन्दिप परेका हुन् ।

एशियाली देशका खेलाडी समावेश गरिएको एशिया ११ टिममा भारतबाट केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादव र विराट कोहली रहेका छन् ।

यस्तै बाँकी खेलाडीमा तमिम इक्वाल, लिटोन दाश, मुस्फिकुर रहिम, थिसारा पेरेरा, रासिद खान, मुस्ताफिजुर रहमान, लसिथ मालिंगा, मुजिब उर रहिमान र सन्दिप लामिछाने छन् ।

यो टिमको कप्तान विराट कोहली वा के एल राहुल मध्ये एकले गर्नेछन् । बंगलादेश क्रिकेट बोर्डको आयोजनामा हुने यो सिरिज मार्च १८ देखि २१ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया

Techie