पौडीको विश्व च्याम्पियनसिप एक वर्षका लागि स्थगित

पौडीको विश्व च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरिएको छ । दुबईमा तय भएको विश्व च्याम्पियनसिप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको हो । पौडीको सर्वोच्च निकाय फिनाले आज एक प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको कारण प्रतियोगिता एक वर्ष सरेको जानकारी दिएको हो । आबुधाबीमा डिसेम्बर १५ देखि २० सम्म हुने तालिका रहेको थियो । तर अब उक्त प्रतियोगिता एक वर्षपछि हुनेछ । प्रतियोगिताकमो नयाँ मिति सन् २०२१ को डिसेम्बर १३ देखि १८ सम्मका लागि तय गरिएको छ । त्यस्तै डिसेम्बर १० देखि १२ सम्म भने फिना अक्वाटिक्स प्रतियोगिता हुने पनि फिनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie