वायर्न म्युनिखको सहज जित, बर्लिन २-० गोलले पराजित

एजेन्सी : कोरोना भाइरसको महामारीबीच शुरु भएको जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । गएराति भएको खेलमा वायर्नले युनियन बर्लिनलाई २-० गोल अन्तरले हराएको हो ।

वायर्नका लागि रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक–एक गोल गरे । जितसँगै वायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ ।

दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको ५४ अंक रहेको छ । पराजित बर्लिन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ । अर्को खेलमा मैन्ज र क्लोनले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

तपाईको प्रतिक्रिया

Techie