बुन्डेसलिगामा बोरूसिया डर्टमन्डको सानदार जित

कोरोना भाइरसले विश्व खेलकुदलाई ठप्प पार्दा जर्मनीमा शनिबारदेखि बुन्डेसलिगा सुचारु भएको छ। करिब दुई महिना रोकिएको लिगपछि भएको खेलमा घरेलु टोली बोरूसिया डर्टमन्डले साल्के बिरूद्ध चार शुन्यको सानदार जित निकालेको छ।बन्द रंगशालामा भएको यो खेल जिती बोरूसियाले लिडर बायर्न म्युनिखसँगको दुरी एक अंकमा झारेको छ। गोलको बर्षात गर्न सफल बोरूसियाकोलागि राफेल गरेरोले दुई तथा एर्लीङ हालान्ड र थोर्गन हजार्डले एक एक गोल गरेका थिए। यो जितमा बोरूसियाले ५४ अंक बनाएको छ।लिडर बायर्नले भने एक खेल कम खेलेको छ र उसँग ५५ अंक रहेको छ। पराजित साल्के ३७ अंक सहित आठौं स्थानमा रहेको छ।

शनिबारै भएका अन्य खेलहरूमा ‌वल्फसवर्गले अग्सवर्गलाई २-१ ले र हर्था बर्लिनले होफेनहाइनलाई ३-० ले हराएका छन। यस्तै फ्रइवर्ग र आरबी लाइपजिग एक एकको बराबरीमा रोकिएका छन। लामो समयपछि बुन्डेसलिगा सुचारू हुदा रंगशालामा दर्शक त थिएनन नै खेलाडीहरूले सक्दो दुरी कायम गर्ने कोशिश भने गरेका थिए। गोल गरेपछिको सेलिब्रेसनमा पनि दुरी बनाएका थिए । केहिले कुहिना जोडेर खुशी साटेका थिए। कोरोनाले गर्दा खेल गतिविधिमा सबैको चासो रहदा जर्मन फुटबलले विशेष सावधानीकासाथ लिग सुचारू गरेको हो। शीर्ष डिभिजन क्लबहरू स्वास्थ्य नियमको पालना गर्दै प्रशिक्षणमा फर्किएका थिए। खेल हुदा रंगशालाम खेलाडी, प्रशिक्षक, स्टाफ र पत्रकार गरी ३०० जनालाई मात्र प्रवेश दिने नियम बनाएको छ। साथै टिमको एक सातामा दुईपटक कोरोना परीक्षण गरिनेछ।

तपाईको प्रतिक्रिया

Techie