रोनाल्डोद्वारा कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग

एजेन्सी : पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान रोनाल्डो र उनका एजेन्टले कोरोना भाइरस विरुद्ध लडनका लागि लिस्बनको सान्टा मारिया र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई एक मिलियन युरो सहयोग गरेका हुन् ।

सो सहयोग रकम कोरोनाका विरामी उपचारको लागि भेन्टीलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिदका लागि खर्च गरिने छ ।

कोरोना संक्रमणका कारण विश्व खेलकुद गतिविधि ठप्प भैरहेको समयमा खेलाडीले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Techie