दुई राप्रपाबीच पार्टी एकता गर्ने सहमति, तीन जना अध्यक्ष

काठमाडौं : दुई राप्रपाबीच एकीकरण गर्ने सहमति भएको छ । शनिबार राति कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका छन् ।

आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने र सो समयसम्मका लागि तीनै जना अध्यक्ष रहने सहमति पनि दलबीच सहमति भएको हो । राजसंस्थासहितको प्रजातन्त्र र सापेक्ष हिन्दुराष्ट्र दुवै पार्टीले स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie