सञ्चारमन्त्रीको अडियो प्रकरणबारे ओली-दाहालबीच भेटवार्ता

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले विदेशी कम्पनीको एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछिको परिस्थितीवारे दुई नेताबीच आज बालुवाटारमा छलफल भएको हो ।

सञ्चारमन्त्री विवादमा तानिएको विषयमा दुई नेताविच सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको बताइएको छ । जनयुद्ध दिवस मनाउने विषयमा पार्टी नेताविच भएको विवाद, एकताका बाँकी काम लगायतका विषयमा पनि दुई नेताबीच कुरा भएको बुझिएको छ ।

अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा मागेको छ । तर सत्तारुढ नेकपाले भने सो बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया

Techie