आजको प्रतिनीधिसभाको बैठक पनि अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियारले पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आजपनि प्रतिनिधिसभा अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले सदन अवरुद्ध गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

फरक पार्टी र विचारको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगलाई सरकारले आफ्नो निर्देशनमा चलाउन खोजेको भन्दै संसद अवरुद्ध गर्ने निर्णय दलको बैठकले गरेको हो ।

संसदीय दल बैठकमा गच्छदारले आफूलाई फँसाइएको बताएका थिए । खाणले बैठकमा आफ्ना कुरा राखेर सदन अवरुद्ध गर्ने निर्णय गरेको खाणले बताए । कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो कांग्रेसले सदन अवरोधमा साथ दिन राजपा र समाजवादी पार्टीलाई पनि औपचारिक अनौपचारिक रुपमा आग्रह गरेको छ । संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie