नेकपा बैठक : समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रम आज पनि जारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिषट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि गठन भएका समूहले छलफलको निष्कर्ष बैठकमा पेश गर्ने क्रम आज पनि जारी रहने छ । १५ मध्ये ४ वटा समूहले शुक्रबार निस्कर्ष पेश गरेका थिए । बाँकी समूहले आज काठमाडौंको राष्ट्रिय सभागृहमा समूहगत छलफलको निष्कर्ष बैठकमा पेश गर्ने कार्यसूचि छ ।

शुक्रबार निस्कर्ष पेश गर्ने चारवटै समूह एमसीसीको विपक्षमा देखिएका छन् । केन्द्रिय सदस्यहरुले पार्टीको विधान मात्र नभई नेतृत्व तहबाटै आचरण र व्यवहारमा सुधार हुनुपर्ने धारणा समेत राखेका छन ।

त्यसैगरी, भ्रष्टाचार नियन्त्रणमा पनि नेतृत्व तहले निर्मम बन्न जरूरी रहेको, पार्टीमा उपाध्यक्ष तहलाई तल्ला कमिटीसम्म लागू गर्नुपर्ने, सचिवालयमा महिलाको प्रतिनिधित्व हुनुपर्नेलगायतका सुझाव सदस्यहरुवाट आएका छन ।

नेतृत्वले नै गुटको नेतृत्व गरेको भन्दै सोही गुटले पार्टी सकिन लागेको, पार्टीको घोषणापत्र अनुसार काम भए नभएको समीक्षा हुनुपर्ने माग पनि केन्द्रीय सदस्यहरुले राखेका छन् ।

तपाईको प्रतिक्रिया

Techie