प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बजेट अधिवेशन बोलाउने विषयमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा बजेट अधिवेशन बोलाउनेलगायतका विषयमा कुराकानी भएको छ ।

सभामुखको सचिवालयले भेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय र सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा कुराकानी भएको जनाएको छ । बजेट अधिवेशन छिटो बोलाउने सहमति भएको बताइएको छ । अघिल्लो बर्ष प्रि बजेट छलफलका लागि बैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाउने गरिएको थियो ।

यो वर्ष भने कोरोना भाइरस संक्रमणमा कारण प्रि बजेट र सरकारको निति तथा कार्यक्रममा छलफल नहुने भएको छ । दुवै छलफलको समय घटाएर बजेट ल्याउने सरकारको तयारी छ । जेठ १५ मा संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie