मन्त्री त्रिपाठी नगएपछि समितिको बैठक स्थगित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ । लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्री नै अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

त्रिपाठी विरामी भएका कारण उपस्थित हुन नसकेको जानकारी बैठकमा गराइएको थियो । विधेयक समितिबाट बुधबार पारित गर्ने तयारी थियो । मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गर्दे आएका छन् ।

बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । प्रदेशको मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद छ ।

तपाईको प्रतिक्रिया

Techie