धुम्रपान गर्नेलाई कोरोना भाइरस संक्रमणको उच्च जोखिम !

एजेन्सी : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म झण्डै दुई लाख मानिस संक्रमित भइसकेका छन् । जसमध्ये हालसम्म झण्डै ८ हजार जनाको मृत्यु भइसकेको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरससम्बन्धी केही नयाँ तथ्यहरु हरेक दिनजसो सार्वजनिक भइरहेका छन् ।

यसैबीच विभिन्न अनुसन्धानले धुम्रपान गर्ने व्यक्तिलाई कोरोना संक्रमण हुने जोखिम उच्च रहने देखाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार धुम्रपान गर्ने व्यक्तिको फोक्सोको रोगसँग लड्ने क्षमता कम हुँदै गएको हुन्छ, जसका कारण त्यस्ता व्यक्तिलाई कोरोना संक्रमण हुने जोखिम उच्च हुन्छ ।

त्यस्तै फोक्सोमा अन्य समस्या भएका व्यक्तिमा पनि कोरोना संक्रमण चाँडै हुने अध्ययनले देखाएको छ । त्यस्तै अध्ययनले चीनमा कोरोना भाइरसबाट संक्रमित धुम्रपान गर्ने बिरामीको तुलनामा धुम्रपान नगर्ने बिरामी चाँडो रोगमुक्त भएको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie