ट्रम्पलाई भेटेका ब्राजिलियन राष्ट्रपतिका प्रेस सेक्रेटरीलाई कोरोना संक्रमण

एजेन्सी : संयुक्त राष्ट्र अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही दिनअघि भेटेका ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोका प्रेस सेक्रेटरी फाबियो वाजगार्टेनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

राष्ट्रपति बोलसोनारोका प्रेस सेक्रेटरीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनलाई पनि नगरानीमा राखिएको बिहीबार दुई स्रोतले सीएनएनलाई पुष्टि गरेका हुन् । प्रेस सेक्रेटरी वाजजार्टेनले मार्च ७ मा अमेरिकी राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा एक कार्यक्रममा भेट गरेका थिए ।

शनिबार राति पनि राष्ट्रपति ट्रम्प वाजर्गाटेनसँग नजिकै भएको स्रोतले सीएनएनलाई बताएको छ ।

तपाईको प्रतिक्रिया

Techie