इटालीमा औषधि र किराना बाहेक सबै पसलहरु बन्द

Mandatory Credit: Photo by Mourad Balti Touati/EPA-EFE/Shutterstock (10579910c) The Decathlon sporting goods store in Castello Square is closed amid the coronavirus emergency, in Milan, Italy, 11 March 2020. Empty stores and deserted roads in Italy due to Coronavirus outbreak, Milan - 11 Mar 2020

एजेन्सी : इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधि बाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । संक्रमितहरू र मृतकको संख्या निरन्तर बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री कोन्टेका अनुसार प्रतिबन्ध आजदेखि २५ मार्चसम्म लागु हुनेछ ।

इटालीले कोरोना संक्रमणबाट नागरिक जोगाउन केही दिनअघिदेखि नै कडा प्रतिबन्धहरू घोषणा गरेको छ । इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् ।

इटालीमा १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८ सय २७ जनाको मृत्यु भएको छ । ९ सय जना संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie