चीनमा एक क्वारेन्टाइन होटल भत्कियो, कयौं मानिस पुरिए

एजेन्सी : चीनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको एक होटल भत्किँदा ७० जनाभन्दा बढी व्यक्ति पुरिएका छन् । चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार कोरोना भाइरस संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको होटल भत्किएको हो ।

होटल भत्किँदा केही व्यक्ति मृत्यु समेत भएको आशंका गरिएको छ । चीनीयाँ अधिकारीका अनुसार भग्नावशेषमा पुरिएका ७० मध्ये ४७ जनालाई उद्धार गरिसकिएको छ ।

आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् । चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । होटल के कारणले भत्किएको भन्नेबारे पत्ता नलागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie