दक्षिण कोरियामा ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण

एजेन्सी : दक्षिण कोरियाले शनिबार ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । यो संख्या दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो संख्याको सङ्क्रमण हो । शुक्रबारसम्म कोरियामा २ हजार ९ सय ३१ जनामा संक्रमण फेला परेको छ ।

कोरोना भाइरसकै कारण १६ जनाको मृत्यु भएको छ । शुक्रबारमात्रै थप तीन जना महिलाको दक्षिण कोरियामा मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण कोरिया चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमण भएको देश हो ।

दक्षिण कोरियाको दक्षिण पूर्वी सहर डाएगु सबैभन्दा बढी प्रभावित भएको छ । नयाँ विरामी फेला परेकामध्ये ५ सय ३६ जना डाएगु शहरका छन् ।

सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि दक्षिण कोरियामा सङ्क्रमण फैलिएको हो । पछिल्लो पटक बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie