श्रीलंकामा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु

श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ । घटनामा कम्तीमा आठ जना घाइते भएका छन् । एक व्यापारी आफ्नो गोदाममा कोरोना महामारीका कारण समस्यामा परेका मानिसहरुलाई पैसा बाँडिरहेका थिए । त्यस क्रममा त्यहाँ सयौँ मानिसहरु जम्मा भएका थिए । व्यापारीले आफ्नो योजनाबारे प्रशासनलाई कुनै जानकारी नदिएको हुँदा सो घटना भएको प्रहरीले जनाएको छ । उनले प्रहरीसँग अनुमति समेत नलिएको पाइएको छ । पैसा बाँडने घटनामा सग्लन छ जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीलंकामा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । १ हजार ५ सय ५५ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie