अन्ततः ट्रम्प मास्क लगाउन बाध्य

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः मास्क लगाउन बाध्य भएका छन् । बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणका क्रममा ट्रम्पले केहीबेर मास्क लगाएका हुन् ।

सो क्रममा केहीबेर लगाएको मास्क फुकाल्दै पत्रकारहरुलाई आफूले मास्क लगाएको देखाउन नचाहेको ट्रम्पले बताएका छन् । ट्रम्पले पत्रकार सामु पुगेपछि भने मास्क फुकालेका थिए ।

मोटर उत्पादक कम्पनी फोर्डले हाल कोरोना भाइरसको संकटमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन वा संक्रमण फैलिन नदिन मास्क लगाउनु पर्ने विज्ञहरुले बताइरहेपनि ट्रम्पले लगातार अस्वीकार गर्दै आएका छन् ।

फोर्डले आफ्ना प्लान्टमा जान मास्क अनिवार्य गरेको नियम ट्रम्पले पालना गरेका हुन् । फोर्डका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको जनाएका छन । मिशिगनमा राज्यले पनि सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने भनेको छ ।

तपाईको प्रतिक्रिया

Techie