भारतका २२ राज्यमा आजबाट ‘लक डाउन’

एजेन्सी : भारत सरकारले कोरोना संक्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका आजबाट कडा नियम लागू गरेको छ । राजधानी दिल्लीसहित देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।

कोरोना भाइरस सङ्क्रमण भेटिएका स्थानमा प्रतिबन्ध लागु हुने बताइएको छ । सार्वजनिक यातायात बन्द गरिएको छ । सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द गरिएका छन ।

लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने बताइएको छ ।

बिजुली, पानी, इन्टरनेट बैंकिङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन । यसअघि आइतवार भारतभरि जनता कर्फ्यू लागु गरिएको थियो । हालसम्म भारतमा ३ सय ५० जनामा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ भने सात जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie