सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले स्टिल निकाल्नु पर्नेमा हातको हड्डी काटिदियो

 

उदयपुर:  उपचारको क्रममा अस्पतालले लापरवाही भएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका–३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीले न्यायको माग गरेका छन् । आज उदयपुरमा पत्रकार सम्मेलन गर्दै उनले गाईघाटस्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले जबरजस्ती शल्यक्रिया गरेर स्टिल निकाल्नुका सट्टा हड्डी काटिदिएको भन्दै दोषि चिकित्सकलाई कारवाही गर्न माग गरेका हुन । अस्पताल सञ्चालक तथा प्रहरीमा समेत हाइगुहार माग्दासम्म वेवास्ता गरेको पीडित र आफन्तले बताएका छन् ।

देब्रे कुममा राखिएको स्टिल अप्रेशन गरी निकाल्नु पर्नेमा अस्पतालका चिकित्सक संजयकुमार साहले स्टिल त्यहि छाडेर हड्डी काटिदिएको पीडितको आरोप छ । कुम जोड्न राखिएको स्टिल र कुमको अवस्था जाँच गर्न गएका उनको अस्पतालले शल्यक्रिया गरिदिएको थियो । उपचारका विषयमा अस्पताले कुनै प्रतिक्रिया दिएको छैन । गतवर्ष दुर्घटनमा खत्रीको देब्रे कुम खुस्केपछि नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंमा शल्यक्रिया गरी स्टिल राखिएको थियो

तपाईको प्रतिक्रिया

Techie