नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं : नेपालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेको संख्या ३ रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie