नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो

काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।  नेपालमा संक्रमितको संख्या ५ सय  ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन् । बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षिय पुरुष र कैलालीका १९, २३ र २६ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो । यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एक जना राप्ती सोनारीका रहेका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ । हालसम्म प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचार गराइरहेका छन । देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२७ बैशाख २०७७, शनिबार १२:२३ २७ बैशाख २०७७, शनिबार १२:२३

काठमाडौं : भारतले…

१९ बैशाख २०७७, शुक्रबार १४:४३ १९ बैशाख २०७७, शुक्रबार १४:४३

प्रदेश नम्बर पाँचमा…

८ जेष्ठ २०७७, बिहीबार ०७:२३ ८ जेष्ठ २०७७, बिहीबार ०७:२३

काठमाडौं : नेपालमा…

Techie