नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । गएराति झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका थप १५ जना, धनकुटा निवासी ३४ वर्षीय पुरुष र धरान निवासी ५२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा उनीहरुको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबै केही दिन अघि भारतबाट आएका हुन् । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि बुधवार कपिलबस्तु, बाँके, धनकुटा र नवलपरासी जिल्लामा रहेका ४० जनामा संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा १३ जना संक्रमित थपिएका छन् । संक्रमितहरु कपिलवस्तुको बिजयनगरको क्वारेन्टाइन र महाराजगञ्ज गाँउपालिकाका बासिन्दा हुन् । बाँकेको नरैनापुरका पाँँच र खजुराका एक पुरुषमा संक्रमण देखिएको छ ।

धनकुटा चार पुरुष र एक महिलामा र नवलपरासीको सुस्तामा एक पुरुषमा संक्रमण देखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधवार थपिने संक्रमितहरु ३ देखि ४८ वर्ष उमेरका ७ महिला र १८ पुरुष हुन् ।

तपाईको प्रतिक्रिया

Techie