समयमै जागरुक बनौ, कोरोनाको संक्रमण बाट बचौ बचाउँ

काठमाडौ । कोरोना भाइरसलाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ। पहिलो चरण भनेको बिदेशबाट आएकाहरूमा मात्र कोरोना संक्रमण देखिने चरण । दोस्रो चरण बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र कोरोना संक्रमण देखिने चरण । तेस्रो चरण कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई कोरोना संक्रमण देखिने चरण । र चौथो चरण महामारीको चरण ।

तत्कालको अबस्थामा चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ। भरत तेस्रो चरणमा प्रवेश गर्दैछ। नेपाल पहिलो चरणमा छ।

कोरोना संक्रमणका लागि कुन देश कहाँ चुक्यो :
(क) चीन : भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

(ख) इटली : भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै कोरोना संक्रमण रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

(ग) भारत : भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै भारत तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

(घ) नेपाल :भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

बर्तमान अबस्थामा चौथो चरण भएर गुज्रीएको चीन र इटलीको कोरोना संक्रमण अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ। त्यो तपाईं हामीले सोंचेभन्दा १०० गुणा भयानक छ। भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

त्यसैले ,
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो ।  त्यसैले हामीले कोरोना संक्रमण लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

आजैबाट यो बानी लागू गरौ :
१. लकडाउन र कर्फूको पालन गर्ने,
२. घरबाट बाहिर निस्कँदै ननिस्कने ,
३. हात धोइरहने ,
४. मास्कको प्रयोग गर्ने ,
५. सहि सुचना लिने र दिने ,
६. भिड र हुलबाट टाढा रहने ,

७. खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने

तपाईको प्रतिक्रिया

Techie