नक्सालाई समर्थन गरेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

काठमाडौ । सरकारले जारी गरेको नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया बलिडउ अभिनेतृ मनिषा कोइरालामाथि खनिएका छन् । कोइरालाले नेपालले नयाँ नक्सा पारित गरेको विषय उल्लेख गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ट्विट कोट गर्दै समर्थनमा ट्विट लेखेकी थिइन । परराष्ट्रीमन्त्री ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय उपर लेखेको ट्वीट कोट गर्दै उनले हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद भनेकी छिन । उनले नेपाल,भारत र चीन बीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा ब्यक्त गरेको पनि ट्विटमा उल्लेख गरेकी छिन । सोही विषयलाई लिएर कोइरालाविरुद्ध भारतीय मिडिया खनिएका हुन । नेपालमा जन्मेकै कारण कोइरालाले नेपालको पक्ष लिएको आरोप भारतीय मिडियाको छ । केही मिडियाले कोइरालाले चीनको पक्ष लिएको आरोप समेत लगाएका छन । दुई दिनदेखि भारतीय मिडियाले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भुमि भन्दै समाचार संप्रेषण गर्दै आएका छन । नेपालमा जन्मेपछि कोइराला लामो समयदेखि भारतीय फिल्म उद्योगमा कार्यरत छिन । उनले थुप्रै हिन्दी चलचित्रमा अभिनय समेत गरेकी छिन ।

तपाईको प्रतिक्रिया

Techie