छ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक : डा.युवराज खतिवडा

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए । उनले सत्तामा रहदा ३÷४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरुले अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गरेको टिप्पणी गरे ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले वित्तीय संघीयताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताए ।

तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ कारेड ३३ लाख ७ हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie