शिव शिखर कृषि सहकारीले आफ्ना ग्राहकलाई आवश्यकता हुँदा घरमै पुगेर रकम दिन थाल्यो

लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनिरहेका बेला देशको वित्तीय क्षेत्र पनि यसबाट अछुतो छैन । लकडाउन लम्बिँदै जाँदा बैंकमा भएको रकम निकाल्न पनि मानिसहरुलाई समस्या परिरहेको छ । तर भक्तपुरको एक सहकारीले भने आफ्ना ग्राहकलाई आवश्यकता हुँदा घरमै पुगेर रकम दिने गरेको छ ।

घरदैलो कार्यक्रम नाम दिइएर भक्तपुरको सल्लाघारीस्थित शिव शिखर कृषि सहकारी संस्था लिमिटेडले लकडाउनका समयमा पनि आफनो सेवालाई जारी राखेको छ । संस्थाले घर दैलो सेवादेखि कोरोनाबाट सुरक्षित रहदै उसले आफना सबै शाखाबाट सेवा सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि कतिपय सर्वसाधारणलाई वित्तिय संस्थासम्म पुग्न समस्या भइरहेको अवस्थामा शिव शिखरले घर घरमा खाद्य सामग्री समेत पु¥याउन सुरु गरेको छ । त्यसका लागि सहकारीले पोखरामा कृषि एम्वुलेन सञ्चालनमा ल्याएको छ ।

यसका साथै शिव शिखर कृषि सहकारीले ग्राहकलाई २ देखि ५ प्रशिसत सम्म ब्याज छुट दिने निर्णय समेत गरेको छ । उसले विभिन्न स्थानमा उत्पादन भएका सामग्रीलाई सहकारी मार्फत सहुलियत दरमा ग्राहकसम्म पु¥याउने योजना समेत बनाएको छ । यसैगरी शिव शिखर कृषि लिमिटेडले बाँकेको कोहलपुरमा यसै वर्ष कृषि अनुसन्धान केन्द्र पनि सञ्चालनमा ल्याएको छ । हाल यस संस्थाका विक्री तथा सेवा केन्द्रहरु चितवन, पोखरा कोहलपुर, डडेलधुरा, भक्तपुर र धनगढी शाखाबाट सेवा दिदै आएको छ । हाल शिव शिखर कृषि सहकारी संस्थाका देशभर ६ वटा शाखा रहेका छन ।

तपाईको प्रतिक्रिया

Techie