“आर्थिक सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने”- डा. युवराज खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने बताएका छन । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारले लिएको आर्थिक सम्वृद्धिको नारा सफल पार्नका लागि अहिले पूर्ण बजेटको नै आवश्यकता रहेको बताए । उनले आर्थिक पुनरोत्थानलाई सरकारले ध्यान दिएको र बजेट निर्माणका क्रममा प्राथमिकतामा राख्ने पनि बताए । आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहसम्मको शिक्षालाई बलियो बनाउँदै लैजान सरकारको भूमिका बढाउने र रोजगारीको क्षेत्रमा लगानी बढाउदै लैजाने वातावरण बनाउन आफु लागि परेको उनको भनाई थियो । सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीका बारेमा बोल्दै उनले सुरक्षाकर्मीका लागि उचित तवरले बजेट बिनियोजन गर्ने बताए ।

बैठकमा सभामुख अग्नि सापकोटाले आगामी जेठ २ गते शुक्रबार चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति बिद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie