कोरोना भाइरसको महामारीको मारमा ठुला विकास आयोजना

विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाइरसको महामारीको मारमा ठुला विकास आयोजना समेत परेका छन । छिटो भन्दा छिटो योजना सम्पन्न गर्नका लागि तिब्रताका साथ काम भैरहेका सिन्धुलीका राष्ट्रिय गौरवका आयोजनाहरु लकडाउनसँगै ठप्प भएका छन् ।

सिन्धुलीलाई केन्द्रबिन्दू वनाएर निर्माणको कार्य थालनी गरिएको मदन भण्डारी राजमार्ग र निर्माणको चरणमै रहको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका सम्पुर्ण काम काजहरु लकडाउनसगै पुर्ण रुपमा बन्द हुन जादा आयोजनाको म्याद समेत लम्बिने निश्चित भएको छ ।

कोरोना भाईरस महमारीका कारणले लाखौं कामदार र कर्मचारीहरले काम समेत स्थगित गरेका छन । सिन्धुली जिल्लामा निर्माण शुरुवात हुदै गरेको सुनकोशी मरिण डाईभर्सनको प्रारम्भिक कार्यहरु समेत कोरोना महामारीका कारणले ठप्प छन् । सरकारी निकायले ठुला आयोजनका लागि ईन्धन बिक्री वितरण समेत सहज बनाउन नसकेपछि मेसिन औजारमा समेत क्षति पुग्ने अवस्था आएको छ ।

कतिपय विकास आयोजनामा मुआब्जा विवादले पनि काम प्रभावित भएको छ ।
सिन्धुली जिल्लामा संचालित सरकारका राष्ट्रिय गौरवका ठुला आयोजनाहरुबाट लाखौं कामदार मजदुरी गर्नेहरुले कामकाजहरु गरी जिविकोपार्जन समेत गर्दै आएको अवस्थामा कोरोना भाइरसको त्राससगै आयोजनाका कामकाजहरु बन्द हुदा उनीहरुका परिवार समेतलाई समस्या परेको छ ।

तपाईको प्रतिक्रिया

Techie