लकडाउनले घट्यो विद्युतको माग

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर ‘लकडाउन’ घोषणा भएसँगै विद्युतको माग पनि घटेको छ । धेरै विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरू बन्द भएपछि विद्युतको माग घटेको हो ।

घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

लकडाउन शुरू हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम माग १ हजार २ सय मेगावाटको हाराहारी थियो । तर गएराति त्यो माग घटेर ४ सय ८३ मेगावाट र आज विहान ४ सय ४६ मेगावाटसम्म झरेको छ ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको प्राधिकरणले जनाएको छ । विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्तको परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन ।

तपाईको प्रतिक्रिया

Techie