एक महिनामा एक परिवारलाई एउटा मात्र ग्यास सिलिन्डर दिनु : निगम

काठमाडौं : नेपाल आयल निगमले एक महिनामा एक परिवारलाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो व्यवस्था गरिएको बताएको छ ।

बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागु गरिएको निगमले जनाएको छ । अव डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिक रूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई बिक्रीवितरण गर्नुपर्ने निगमले जनाएको छ ।

साथै बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ । ग्यास उद्योगीलाई पनि निगमले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राखेर पठाउन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

Techie