डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ भने खरिददर मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन १ रुपैयाँ ७४ पैसाले डलर महँगिएको छ । भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ । भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ ।

जसले गर्दा भारु हालसम्मकै कमजोर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ । यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।

तपाईको प्रतिक्रिया

Techie