सौरहाका होटलहरु धमाधम बन्द हुँदै

चितवन : कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा रहेका होटलहरु धमाधम बन्द हुन थालेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अनुसार अधिकांश होटलहरुले सूचना टाँसेर सेवा बन्द गरेका छन् ।

घरायसीरुपमा चलाएका बाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखेका छन् । भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएको ब्यवसायीले बताएका छन् ।

पछिल्ला दिनमा पर्यटकको आगमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको छ । निकुञ्ज प्रवेशको टिकट काउण्टर बन्द गरिएको छ ।

यससँगै निकुञ्जभित्रको सफारी, हात्ती शयर, डुङ्गा शयरलगायतका गतिविधि गर्न नपाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सौरहा क्षेत्रमा साना ठूला गरी १ सय १५ होटल रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie