‘लक डाउन’मा पनि मेलम्ची आयोजनामा काम हुँदै, हेर्नुहोस् तस्विरमा

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च सतर्कता अपनाउँदै अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने क्रम जारी छ । गत शुक्रबार सरकारले कोरोना संक्रमणको रोकथामका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

तर, मेलम्ची खानेपानी आयोजनाको काम भने जारी रहेको छ । कोरोना संक्रमणको सन्त्रास रहेपनि कामदारहरु आयोजनामा काम गरिरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ ।

आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत केही कामदार मात्र बिदामा रहेका छन् भने बाँकी रहेका कामदारहरुको सहयोगमा धमाधम काम भइरहेको आयोजनाले बताएको छ ।

आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता अनुसार नै काम अघि बढेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ । आयोजनामा दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् भने झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।

 

तपाईको प्रतिक्रिया

Techie